
काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएका छुट्टाछुट्टै विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ ।
सुकेधारामा भएको सिलिण्डर विस्फोटमा २ र घट्टेकुलोमा १ जनाको मृत्यु भएको हो ।
घटना नियोजित कि आकस्मिक भन्ने विषयमा यकिन निष्कर्षमा नपुगिसकेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जनाएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घट्टेकुलोमा विस्फोटस्थलनजिक विप्लव नेतृत्वको नेकपाको पर्चा समेत भेटिएको छ ।
घट्टेकुलो विस्फोट बम बनाउने क्रमममा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।