अयोध्यामा दु’खेको सनातन मन ओम पर्वतका लागि किन दु’ख्दैन ?

  • शंकर सिंह धामी

नेपालका प्रधानमन्त्रीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा असार २९ गते अयोध्याबारे नयाँ र धेरैलाई अच’म्मित पार्ने तथ्य उजागर गरे। लगत्तै देशविदेशमा यो विषयले चर्चा मात्रै पाएको छैन । पक्ष र विपक्षमा तर्क, बहस, वि’वाद, जुलुस, ध’म्की र आन्दोलनसम्म सुरु भइसकेको छ। मुख्यतः सरोकारवाला मुलुक र मुलुकवासीलाई अयोध्याको विषयले तताएको छ । ८० करोडभन्दा बढी हिन्दु रहेको भारत र ८० प्रतिशतभन्दा बढी हिन्दु रहेको नेपालका करोडौं सनातन आत्माले अयोध्याबारे चा’सो र सरोकार देखाइरहेका छन्।

संस्कृति, इतिहास र अनुशरण गरिदैआएको परम्परामा फेरबदलको प्रसंग आएपछि सबैको ध्यानाकर्षण हुन्छ नै। यसकारण अहिले नेपाल र भारतमा अयोध्याबारे भइरहेको चर्चालाई स्वाभाविक रुपमा लिनुपर्ने एउटा पाटो छ । प्रधानमन्त्री ओलीले किन र कुन उद्देश्यले अयोध्या नेपालमा पर्छ भनेका हुन् यसको उत्तर समय र परिस्थितिले थप स्पष्ट पार्नेछ । दुई देशबीच राजनीतिक र कु’टनीतिकस्तरमा सम्बन्ध चिसो बनिरहेका बेला यो सांस्कृतिक विषयले चाँसो र स्थान पाएको छ।

प्रधानमन्त्रीस्तरको पात्रले यसबारे अहिले नै सार्वजनिक उद्घोष गर्नु ठिक कि बेठिक भन्ने बसह पनि गर्न सकिन्छ । अध्ययन, अनुसन्धानका विषय र क्षेत्रबारे सम्बन्धित पात्रले नै बोल्नु उपयुक्त हुन्छ । तर भारतबाट सांस्कृतिक अतिक्र’मण समेत भइरहेको बताउदै प्रधानमन्त्रीले रामको अयोध्या नेपाल भूमिमा भएको तथ्य सार्वजनिक गरेका छन्।

यो विषय प्रधानमन्त्रीले घोषणा गरिदिने सन्दर्भ होइन । निश्चित विधि, प्रक्रिया, तथ्य र प्रमाणका आधारमा मातहतका निकाय र अधिकारीले सार्वजनिक गर्नुपर्ने हो । तर प्रधानमन्त्रीले बोलिसकेको विषयमा बोलिसकेपछि पनि अध्ययन, अनुसन्धान, विश्लेषण गर्न सकिन्छ । स्वाभाविक प्रक्रिया र अवस्था भने अध्ययन, अनुसन्धान भइसकेपछि आधिकारिक निकाय र अधिकारीले बोल्दा हुन्थ्यो।

प्रधानमन्त्री ओलीको वोली ८३ करोड सना’तन धर्मावलम्बीलाई गो’ली स’रह लागेको छ । केही लाख वा एक–दुई करोड ओलीको पक्षमा पनि हुनसक्छन् । तर बहुसंख्यक हिन्दुवादीहरु ओलीको वोलीले चि’ढिएका छन्, आ’क्रो’सित बनेका छन्, दुः’खी बनेका छन् । भारतीय मिडियाले चीनको चाल देखाउने महत्वपूर्ण मसला नै पाएका छन् । दुई देशका सरकारबीच सिमा वि’वादले सम्बन्ध बिग्रिरहदा भारतको सत्ताधारी दल भाजपाको पनि अयोध्या अ’स्त्रले निन्द्रा खुलेको छ । मोदी नेतृत्वको भारत सरकारले भने यो विषयलाई ‘नोट’मा (जानकारीमा) मात्रै राखेको छ तर नोटमा राखेको घोषणा गरेको छैन।

ओलीको अयोध्या विषयको वोली मलाई पनि अस्वाभाविक लागेको छ । तर संगसंगै दुई देशको सम्बन्ध, दुइ देशका सरकारबीचको सम्बन्ध र वि’वाद, भारतीय पक्षको भूमिका, जनस्तरको चिन्तन, बुझाइ र मनोविज्ञानबारे समेत आफ्नो धारणा बनाउने कोशीस गरेको छुँ । किनकी गम्भीर सांस्कृतिक विषयमा उच्चतम राजनीतिक तहका पात्रले बोलेका छन् । सामान्यतया यो अपेक्षि’त नै थिएन।

भारत मात्रै होइन संसारभरका हिन्दुहरुले अयोध्यामा राम मन्दिर निर्माणको कामना गरेका छन् । राम मन्दिर निर्माणकै लागि दशकौंसम्म संघर्ष भयो, सयौंको ज्यान समेत गयो । आफ्नो आस्था र संस्कृति जोडिएको विषय भएकाले नेपालीले पनि यसबारे झुकाव राख्नमा कुनै गल्ती छैन । तर, त्रेता युगको अयोध्या धामको महत्व बुझ्ने सनातन समाज र संस्कृतिले वर्तमानमा आफ्नो धर्म र संस्कृति भूलिरहेको देख्छु । नेपाल र भारतबीचको सम्बन्धको मेरुदण्ड भनेकै सांस्कृतिक सम्बन्ध हो । समान संस्कृति र परम्पराले दुई देशका जनतालाई मात्रै जोडेको छैन, सरकारलाई पनि डोर्याउदै आएको छ । यो संस्कृति र परम्परा अयोध्याका लागि मात्रै होइन, समस्त तिर्थस्थल, आध्यात्मिक क्षेत्र र आपसी सम्बन्धहरुका लागि पनि हो । तर विडम्बना अयोध्यामा दुख्ने सनातन मन कैलाश मानसरोवरको आगनमा रहेको ओम पर्वतका लागि दु’खिरहेको छैन।

यति घनिष्ठ सम्बन्ध भएको छिमेकी भारतको सरकारले दार्चुला जिल्लामा पर्ने ओम पर्वत र महाकाली नदीको मुहानमा सैनिक बुट बजाइरहेको छ । नेपालका ३ करोड र भारतका ८० करोड हिन्दुहरुले यो घोर अन्यायलाई किन देख्न सकिरहेका छैनन् ? के उनीहरुले ओम पर्वतको अवस्थिति र महत्व नबुझेका हुन् ? पृथ्वी लोकमा मानव चक्षु (आखा)ले भेटाएको एउटा मात्रै प्राकृतिक रुपमा हिम आकृतिले बनेको ओम (ॐ) पर्वत अतिक्रमित भूमि कालापानीमा छ । पवित्र कैलाश मानसरोवरको आगन र प्रवेशद्वारमा रहेको यो ओम पर्वतमाथि भारतीय शासनको गिद्धे दृष्टि पर्दैआएको छ । नेपालको भूमिमा रहेको ओम पर्वतलाई सैनिक घेराबन्दी र कब्जाले भारतीय भूमिका रहेको घोषणा हुँदैआएको छ । घोषणा मात्रै होइन व्यवहारमा पनि भारतीय पक्षले मात्रै त्यसक्षेत्र प्र’भुत्व जमाएको छ।

अर्को कुरा, हामी सनातन धर्म मान्नेहरु महाकालीलाई आदि शक्ति मान्छौ । महाकालीभन्दा ठूलो शक्ति अर्को छैन । त्यही आदि शक्ति महाकाली नदीको मुहान पनि भारतीय सैनिक बु’टहरुले घेरिएको छ । महाकालीको वास्तविक मुहानलाई सुरक्षा घेरामा कै’द गर्ने दु’स्साहस भारतीय शासनले गरिरहेको छ । कालापानीमा महाकालीको न’क्कली मुहान स्थापना गरेको छ । के यो हाम्रो धर्म, संस्कृति र परम्पराअनुसार भएको छ ? सत्य र न्यायको पक्षमा उभिने, वकालत गर्ने र संघर्ष गर्ने सनातन धर्म हो, मान्यता हो, आदर्श हो । तर आज नरेन्द्र मोदी जस्तो त्यागी, सादगी र धर्मात्मा सरकार प्रमुख भएको बेला पनि महाकालीको नक्कली मुहानले निरन्तरता पाइरहेको छ । हामी ८३ करोड हिन्दुहरु यसबारे बेखवर जस्तै छौ ।

कालापानीमा भारतले निर्माण गरेको महाकालीको नक्कली मुहानमा पनि नेपाली सुरक्षाकर्मीलाई जान दिइएको छैन । सनातन धर्म दुई देशका जनताको साझा भएजस्तै महाकाली नदी पनि साँझा र सिमानदी हो । वास्तविक महाकालीको मुहान लुकाउने र नक्कली मुहानसम्म पनि नेपाली पक्षलाई पुग्न नदिने कु’कृत्य भारतीय पक्षले गरिरहेको छ । जेठ १८ गते मात्रै नेपाल सशस्त्र प्रहरीले कालापानीको नक्कली मुहानक्षेत्र पुग्न खोज्दा एसएसवीको टोलीले १२ सय मिटर यता नेपालतर्फ पुगेर छेकेको छ।

मेरो मन र मस्तिष्कले तुलना गरिरहेको छ– ओलीको वोलीभन्दा मोदीका सैनिक बुटले बढी अन्याय गरिरहेको छ । ओलीले ग’लत बोले पनि शब्द मात्रै प्रयोग गरे, मोदीका सैनिक बु’टले त पवित्र ओम पर्वत र आदि शक्ति महाकालीको मुहानमा गो’ली र वा’रुद वि’छ्याइरहेका छन् । के अयोध्यामा दुख्ने सनातन मन ओम पर्वत र महाकालीको मुहानमा भइरहेको अप’रा’धका लागि दु’ख्नु पर्दैन ?

महत्व र पवित्रताका हिसाबले अयोध्या वा नेपाल र भारतका अन्य तिर्थस्थलभन्दा सर्वोच्चस्थानमा ओम पर्वत र महाकाली पर्दछन् । पृथ्वी लोककै केन्द्र रहेको पवित्र कैलाश मानसरोवरको आगन, मानसखण्डमा पर्ने ओम पर्वत, आदि शक्ति महाकालीको मुहान, आदि कैलाश पर्वत, पार्वती सरोवर, व्यास गुफा, व्यास ऋषि हिमाल लगायतको अवस्थितिले ८३ करोडलाई ल’ज्जाबोध गराउनुपर्ने हो । भारतीय सेनाका बु’टहरुले घेरिएको यो क्षेत्रलाई तत्काल सनातन धर्मावलम्बीहरुको यात्रा र दर्शनका लागि खुला गरिनुपर्छ । नेपाल र भारत दुई देशबीच यथाशी’घ्र वार्ता हुनुपर्छ र वार्तामार्फत अ’तिक्र’मित भूमिको समस्या समाधान गरिनुपर्छ । यसका लागि सनातन आत्माहरुले प्रार्थना र प्रयास दुबै गर्नुपर्छ।

दुई देशबीचको सम्बन्ध र मित्रताले नयाँ उचाई पाउनुपर्छ । सनातन संस्कृतिकै जगमा न्याय, समानता र स्वतन्त्रलाई स्वीकार्दै नेपाल र भारतले हातेमालो गर्नुको विकल्प छैन । चीनको चाल देखाउदै नेपाललाई पञ्जाभित्र राखिरहने हर्कतले निरन्तरता पाउने हो भने दुई देशको सम्बन्ध मात्र होइन, सनातन संस्कृति पनि जोखिममा पर्ने निश्चित छ । भगवान शिवको उपासना गरिने साउन महिनाको पहिलो दिन साउने संक्रान्तिबाटै सबै सनातन आस्थाका आ’त्माहरुमा प्रेरणा जागोस् । हर हर महादेव 󠇩!