लोकल र’क्सी र गाँजा बेचेर ‘नेपाललाई धनी बनाउने’ अभियानमा सांसद दम्पती

काठमाडौं। गत फागुन १९ गते नेकपा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता दिने व्यवस्थासहितको विधेयक संसदमा दर्ता गराए।

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराउँदै तामाङले भनेका थिए, ‘गाँजामा औषधीय गुण रहेकाले यसको खेतीलाई व्यावसायिक बनाउनु पर्छ।’

उनको भनाइ छ, ‘गाँजा खेतीले कानुनी मान्यता पायो भने किसान धनी हुनेछन्। यो नै नेपालीलाई धनी बनाउने अचुक उपाय हो।’

सांसद तामाङले दर्ता गराएको गैरसरकारी विधेयक अगाडि बढेको छैन। यहीबीचमा अर्को एउटा अभियान सुरु भएको छ– ‘लोकल रक्सीलाई ब्यान्ड होइन, ब्रान्ड बनाऔं।’

यसको थालनी गरेकी हुन्, प्रदेश १ की सांसद उषाकला राईले। सांसद राई र तामाङ दम्पती हुन्। उनीहरु अहिले एक साथ फरकफरक अभियानमा लागेका छन्। अभियान फरक भए पनि त्यसको उदेश्य भने एउटै छ। भिडियो हेर्नुहोस