नवराज सिलवालले टिकट पाए, अबको चुनावमा रञ्जन कोइरालाले टिकट पाउँछन्

काठमाडौं। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अबको निर्वाचनमा रञ्जन कोइरालाले टिकट पाउनसक्ने प्रवाल संभावना रहेको बताएका छन् । विगतमा आ’पराधि’क गतिविधिमा संलग्नहरुलाई ठूला दलहरुले संरक्षण गर्दै उच्च ओहोदामा पुर्याएको उद्दाहरण पेश गर्दै कोइरालाले पनि टिकट पाउने संभावना प्रवल रहेको बताएका हुन्।

श्रीमती ह’त्याको अभियोग जे’लमा रहेका सशस्त्र प्रहरीका पूर्वडिआईजी कोइरालालाई सर्वोच्च अदालतले सजायँ कम गर्दै जे’लमुक्त गरेको कुरा ठूलो बहस र आलोचनाको विषय बनिरहेको बेला एक यूट्युव च्यानलसँगको कुराकानीमा केसीले जसरी नवराज सिलवालले टिकट पाए, त्यसरी नै कोइरालाले टिकट पाउने दावी गर्दै त्योभन्दा अघि पनि तत्कालिन वि’द्रोही माओवादीका लागि सुराकीको काम गर्ने प्रहरी र सेनाका मानिसहरुलाई माओवादी शान्ति प्रक्रियामा आएपछि साँसद बनाएको उदाहरण दिए । साथै, केसीले अबको चुनावमा काँग्रेस विजयी हुने, शेरबहादुर देउवा पुनः प्रधानमन्त्री हुने र जेलमा रहेका उनकै पार्टीका पूर्वनेता मोहमद आफ्ताव आलमलाई जेलमुक्त गर्ने पहिलो निर्णय गर्ने दावी गर्दै नेपालको राजनीति यसरी नै भ्र’ष्टिकरण र अ’पराधि’करणमा चल्दै आएको बताए।

राज्यको जहिलेको चरि’त्र जस्तो छ, न्यायालय पनि त्यस्तै छ भन्दै उनले आफ्ना मान्छे जस्तोसुकै भए पनि उनीहरुलाई संरक्षण गर्ने काम भइरहेको बताए । केसीले राजनीतिक भागबण्डाको आधारमा न्यायाधीस नियुक्ति गर्ने पद्दती नै समस्याको मुख्य बाधक हो भन्दै विश्वनाथ उपाध्यायपछि मुलुकले असल न्यायाधीस पाउन नसकेको दावी गरे । उपाध्यायले भारतसँग गरिएको टनकपुर सम्झौता समझदारी होइन भनेपछि गिरिजाप्रसाद कोइरालाले उनलाई सिध्याउन लागेको भन्दै त्यसपछि न्यायाधीसहरुमो मनोबल गिरेको बताए।

थप कुराकानीः