‘वैठकमा आउन डराउने नेताहरुले महाधिवेशन गर्लान् र ?’

काठमाडौं ।नेकपाका विदेश विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य विष्णु रिजालले पटक पटक पार्टीका बैठक स्थगित हुँदा जनतामा राम्रो सन्देश नजाने बताएका छन् ।

केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै रिजालले सो कुरा बताएका हुन् । नेकपाप्रति अथाहा विश्वासका साथ मतदान गरेका जनता बाढी, पहिरो र डुबानको समस्यामा जुधिरहेको समयमा नेकपा विवादमा रुमलिन नहुने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रिजालले नेकपाका शीर्ष नेताहरु विभिन्न दाउपेच अपनाउँदा अपनाउँदै थाकेकाले अब छिट्टै पार्टीभित्रको विवाद साम्य हुने बताएका छन् ।

शीर्ष नेताका दाउपेचहरु कुनै प्रयोग हुन नपाउँदै, कुनै प्रयोगका चरणमा विफल भएको र कुनै दाउपेच विफल हुने पर्खाइमा रहेको नेता रिजालको भनाइ छ । नेता रिजालले राजनीति कुनै भकुण्डो जस्तो खेल नभएकाले प्रचण्डले झुक्काएर गोल हान्न नसक्ने बताएका छन् । प्रस्तुत छ, नेता रिजालसँग गरिएको विशेष कुराकानी यो भिडियोमा :