२३ करोड ५४ लाख रुपैयाँका ता’स आयात

काठमाडौं। नेपालमा जु’वाता’स खेल्नु गै’रकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति प’क्राउ गरिहेको हुन्छ। तर नेपालमा जु’वाता’स खेल्न गै’रकानुनी मानिए पनि आयातमा भने प्रतिब’न्ध छैन । जसका कारण वार्षिक करोडौँ रुपैयाँको ता’स आयात भइरहेको छ।

ग​​एको आर्थिक वर्ष २०७६/७७ मा एक करोड ३२ लाख ६७ हजार ‘बुक’ ता’स आयात भएका छन् । यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ। नेपालमा ता’स आयात हुने मुख्य देशहरुमा चीन, भारत, थाइल्याण्ड र मलेसिया रहेका छन्। आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख रुपैयाँ बराबरका एक करोड ५७ लाख ‘बुक’ ता’स आयात भएका थिए।