ओली–देउवाको रहस्यमय भेटवार्ता

काठमाडौं। मुलुकको राजनीति विवादग्रस्त बनेको छ । सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि विवाद सुरु भएको छ । सत्तारुढ र प्रतिपक्षी दुवै दलभित्र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाइएको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलभित्रको विवादले मुलुककै राजनीति र सरकारको काम कारबाहीमा असर परेको भन्दै चि’न्ता जनाउन पनि थालिएको छ।

कांग्रेसभित्र विवाद सुरु हुन थालेको छ भने नेकपाको विवादमा सतहमै आएर कोठे बैठक सुरु भएकै एक महिना हुन लागिसक्यो । तर, यसबीचमा देखिएका राजनीतिक गतिविधिले आफ्नै दल र अन्तर दलभित्र विभिन्न शं’का उब्जाएको छ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका सदस्यहरुले मागेका छन् । अझै पनि उनीहरु ओलीको राजीनामा आउनु पर्ने अडानमा छन् । तर, यसबीचमा विकसित राजनीतिक घटनाक्रमले ओलीको राजीनामा आउनु पर्ने मागबाट उपाध्यक्ष वामदेव गौतम पछि हटेर दिन नहुने बताएका छन् । र पनि नेकपाको वि’वाद सकिएको छैन।

यही बेला सरकारप्रति मौनता साँधेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीले दुईपटक रहस्यमय भेटवार्ता गरे । गत असार १७ गते भएको ओली र देउवाबीचको भेटवार्ता २१ गते सार्वजनिक भएपछि राजनीतिमा यसलाई रहस्यमय र अर्थपूर्ण रुपमा हेरियो । प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा मागेपछि स्थायी कमिटी बैठक नै स्थगित गरेर प्रचण्डसँग छलफल गरिरहेका ओलीले पुनः तीन हप्तापछि देउवासँग भेटवार्ता गरे । यही साउन ८ गते दोस्रोपटक ओली र देउवाबीच भेटवार्ता भएको हो।

उनीहरुबीचको भेटवार्ता पार्टीकै नेताहरुलाई जानकारी नभएपछि आशंका उब्जाएको छ । सरकारका गतिविधिलाई मौ’न रुपमा स्वीकारेको आरोप खेप्दै आएका देउवा र ओलीबीचको बारम्बार भेटवार्ताले कांग्रेस र नेकपा दुवै पार्टीभित्र अन्तर गु’टका नेताहरुमा विभिन्न आशं’काहरु उब्जाएको छ । तर, यस आ’शंकालाई चि’र्न ओली र देउवाले सकेका छैनन् । बरु दुवै दलभित्रको राजनीतिक स’कसपूर्ण बन्दै गएको छ।