भारतले ल्यायो अत्याधुनिक राफेल ल’डाकु विमान (भिडियो)

काठमाडौं। फ्रान्ससँग खरिद गरेको ल’डाकु विमान राफेल भारत आइपुगेको छ। पहिलो चरण अन्तर्गत पाँच ओटा ल’डाकु विमानले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन्।

फ्रान्सको डसाल्ट एभिएसनद्वारा निर्मित यी लडाकु जहाज अत्याधुनिक मानिन्छन् । यी लडाकु विमान फ्रान्सबाट उडेर अम्बालामा अवतरण गरेका हुन् । जहाजले उडानकै क्रममा हावामै इन्धन भरेका थिए । भारतले सन् २०१६ मा फ्रान्स सरकारसँग ३६ वटा डबल इन्जिन रफाल लडाकु खरिद सम्झौता गरेको थियो।

सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले रफाल खरीद सम्झौता गरेदेखि नै यो विषय वि’वादित रहँदै आएको छ । भारतीय राष्ट्रिय कांग्रेसलगायतका विपक्षी दलहरुले लडाकु विमान खरिदमा भ्र’ष्टाचार भएको आरोप लगाउँदै आएका छन्।