‘ओलीलाई प्रधानमन्त्रीबाट हटाए दु’र्घटना’

काठमाडौं। नेकपा (क्रान्त्किारी माओवादी)का नेता सीपी गजुरेलले केपी ओलीलाई प्रधानमन्त्रीबाट ह’टाउँदैमा मुलुकमा अहिले देखिएको समस्या समाधान नहुने बताउनु भएको छ।

संवाद क्लव नेपालले गरेको अन्तरसंवादमा नेता गजुरेलले प्रधानमन्त्रीले राजीनामा गर्दैमा मुलुक र राजनीतिमा अहिले देखिएको समस्या हल नहुने बताउनु भएको हो । ‘ प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्रहरु प्रचण्ड, माधव, र शेरबहादुरलाई ल्याउँदैमा समस्या समाधान हुँदैन’ उहाँले भन्नु भयो , अहिलेको अवस्थामा ओलीलाई प्रधानमन्त्रीबाट हटाए राजनीति दुर्घट’नाको बाटोमा जान्छ । अहिलेको सं’कट प्रधानमन्त्री ओलीले ल्याएको होइन । यसमा ओलीको दो’ष छैन। ’

अब राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उहाँको भनाई छ । ‘अहिलेकै राज्य व्यवस्था ल्याउनकै लागि हामीले जनयु’द्ध गरेका होइनौ’ उहाँले भन्नुभयो, ‘हामी जनगणतन्त्रको लागि गरेको ल’डेका हौं । विगतको राज्य व्यवस्था र अहिलेको राज्य व्यवस्थामा फरक छैन।’

जनताले नेकपालाई बहुमत दिएर सत्तामा पठाए पनि जनचाहना अनुसार काम हुन नसकेको उहाँको भनाई छ । नेता गजुरेलले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउने बताउनु भयो । ‘एमसीसी राष्ट्रियहित विपरीत छ’ उहाँले भन्नुभयो, ‘अमेरिकी सेनालाई चीनसँग ल’डन नेपाली भूमि दिने खेल भरहेको छ।’

नेता गजुरेलले सर्वोच्च अदालतले जन्मकैदमा सजाय छुट दिएर अपराधीलाई प्रोत्साहन गरेको आरोप समेत लगाउनु भयो । उहाँले साउन १५ गतेदेखि काठमाडौंबाट आफूहरुले आन्दोलन गर्ने जानकारी समेत दिनुभएको छ।