पाकिस्तानमा अमेरिकी नागरिकलाई अदालतभित्रै ६ गो’ली हानेपछि अमेरिकाले दियो यस्तो जवाफ

काठमाडौं। पाकिस्तानको पेशावर शहरमा ईशनिन्दाको आ’रोप लागेका अहमदी समुदायका एक व्यक्तिलाई अदालतमा सुनुवाइको क्रममा न्यायाधीशकै अगाडि ६ गो’ली हा’नेर ह’त्या गरिएको छ । पुलिस अधिकारी एजाज अहमतले अल जजीरालाई बताए अनुसार तहरीर अहमद नसीमलाई बुधबार एक जिल्ला अदालतमा सुनुवाइको क्रममा ६ गो’ली हानिएको थियो।

मृ’तक अमेरिकी नागरिक हुन् । पुलिस अधिकारीका अनुसार ह’त्यारालाई घट’नास्थलबाट गिरफ्तार गरिएको छ । उनको पहिचान खालिद खानको रुपमा गरिएको छ । उनले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले इशनिन्दाको अ’पराध गरेकै कारण तहरीर अहमदलाई मा’रेको बयान दिएका छन्।

अदालत छाउनी इलाकामा उच्च सुरक्षा क्षेत्रमा स्थित छ । यहाँ प्रान्तको विधानसभा भवन, पेशावर हाइकोर्ट, मुख्यमन्त्री सचिवालय र गभर्नर हाउस पनि अवस्थित छन् । अदालतमा उपस्थित वकिलले बताएअनुसार तहरीर अहमदवि’रुद्ध ईशनिन्दा कानुन अन्तर्गत मुद्दा चलिरहेको थियो । उनलाई पेशावर सेन्ट्रल जेलबाट अदालत ल्याइएको थियो।

यो घट’नापछि अमेरिकाले घट’नाको नि’न्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको दक्षिण एसियाली विभागले ट्वीट गर्दै भनेको छ ‘पाकिस्तानको अदालतमा मा’रिएका अमेरिकी नागरिक ताहिर नसीमको परिवारप्रति हामी समवेदना व्यक्त गर्दछौं । पाकिस्तानसँग अपिल गर्दछौं कि उसले आरोपीहरुवि’रुद्ध कडा का’रवाही गरोस् र अगाडि यस किसिमका घट’नाहरुमा रोक लगाओस्।

पुलिसले श’व पो’स्टमार्टमको लागि खैबर मेडिकल युनिभर्सिटीमा पठाएको छ । ईशनिन्दाको आरोपमा तहरीरलाई २०१८ मा गि’रफ्तार गरिएको थियो । ईशनिन्दा पाकिस्तानमा निकै संवेदनशील मुद्दा हो । यहाँ केवल आ’रोप लागेकै भरमा आरोपी भीडको हिं’साको शिकार हुन्छन्।

पाकिस्तानको कडा ईशनिन्दाको कानुन उल्लंघन गर्नेलाई मृ’त्युद’ण्ड समेत दिन सकिन्छ । केही अधिकार समूहहरुले कैयौं पटक व्यक्तिगत बदला लिनको लागि पनि यो कानुनको दुरुपयोग हुने गरेको बताएका छन् ।

पाकिस्तानका कैयौं क्षेत्रमा ईशनिन्दाका घ’टना भएका छन् जसमा अहमदी समुदायका व्यक्तिहरुलाई निशाना बनाइएको छ । १९७४ मा पाकिस्तानको संसदले अहमदी समुदायलाई गैर मुस्लिम घो’षित गरिदिएको थियो । एक दशकपछि यो समुदायलाई मुस्लिम भन्नमै प्रतिब’न्ध लगाइयो । उनीहरुलाई प्रचार गर्नर तीर्थयात्राका लागि साउदी अरब जान पनि प्रतिब’न्ध लगाइएको छ।