फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको लाख नजिक

काठमाडौं। बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेर झन्डै लाख नजिक पुगेको छ। पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।