हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक (भिडियो)

काठमाडौं। कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ।

सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस: