नेपालमा कोरोना जोखिम दिनानुदिन बढ्दै, आईसीयू र भेन्टिलेटरमा भर्ना हुने विरामी बढे

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस कडा देखिन थालेको छ । जसका कारण मृ’त्युदर पनि बढेको छ । हरेक दिनजसो कोरोना संक्रमितको मृ’त्यु भइरहेको छ । समुदायस्तरमा फैलिसकेकाले पनि कोरोना रोकथाम र नियन्त्र’ण काबु बाहिर जाने स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।

विगतमा तीन–चार दिनमा एकजना कोरोना संक्रमितको मृत्यु हुने गरेकोमा अहिले दैनिक दुई तीनजनाको मृ’त्यु भइरहेको छ । विगतमा भन्दा अहिले कोरोना भाइरसको लक्षणसमेत देखिएकाले स्थिति अकल्पनीय हुन सक्ने स्थिति देखिएको छ । पहिले पहिले भाइरस कमजोर थियो । युवा उमेर समूहका मानिसमा मात्रै देखिने गरेको थियो।

तर, अहिले संक्रमण दीर्घरो’गी र क’डा खालका वि’रामीमा पनि सरेको देखिएको छ । त्यति मात्र होइन, पछिल्लो समय आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउने विरा’मीको संख्या पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग निय’न्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेका अनुसार केही दिनअघिसम्म ९९ दशमलव ७ प्रतिशत संक्रमितमा लक्षण नदेखिएकोमा हाल त्यो अवस्थामा परिवर्तन भइरहेको छ।

उनका अनुसार यो खतराको संकेत हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठजना, त्रिवि शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा दुई गरी उपत्यकामा ११ जना आईसीयूमा छन् । थप एकजना भेन्टिलेटरमा समेत छन् । देशभर २२ जना आईसीयूमा छन्।

वरिष्ठ सरुवा रो’ग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार लक्षणयुक्त भाइरस देखिनु खतराको संकेत हो । लकडाउन खुलेसँगै सं’क्रमितको दर बढेकाले आफैं सचेत हुनुपर्ने उनको सुझाव छ । विगतमा अधिकांश कोरोना सं’क्रमित आइसोलेसनबाटै उपचार गराएर निको भई घर फर्किंदै आएका थिए । तर, अहिले स्थितिमा बदलाव आएको छ।