कोरोना उपचारमा खटिन नमानेका २५ जना स्वास्थ्यकर्मी प’क्राउ, थप ५ जनाको खोजी जारी

वीरगञ्ज। प्रदेश २ कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको छ । केही दिन यता त्यहाँ संक्रमितको मृ’त्यु हुने क्रम बढिरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरु भने उपचारमा सहभागी हुन मानिरहेका छैनन् भन्ने गु’नासो आइरहेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खट्न नमानेको भन्दै वीरगञ्ज महानगरपालिकामा २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले प’क्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा बिहिबार साँझ २५ जना स्वास्थ्यकर्मीलाई वीरगञ्ज महानगरपालिका कार्यालय परिसरबाटै प्रहरीले निय’न्त्रणमा लिएको हो । कोरोना महामारीमा समेत विभिन्न बहाना गरेर काममा खट्न नमानेका २५ जना स्वास्थ्यकर्मीलाई स्थानीय प्रशासनको निर्देशनमा निय’न्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो।

वीरगञ्जको आइशोलेसन र स्वाब संकलन कार्यका लागि स्वास्थ्यकर्मीको अभाव भएपछि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद् व्यवस्थापन केन्द्रसँग मागेको थियो । अस्पतालको आग्रहमा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकालाई साउन १० गते पत्र लेखेर ६० जना स्वासथ्यकर्मी उपलब्ध गराइ दिन निर्देशन दिएको थियो।

त्यसपछि महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो । सूचीमा ४ जना स्वास्थ्य निरिक्षक , ११ जना सिनियर अहेब , ५ जना अहेब र ४ जना अनमीको नाम थियो । तर महानगरले खटाएका कर्मचारीहरु काममा नआएपछि प्रहरी पठाएर उनीहरुलाई नियन्त्रणमा लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिनुभयो।

स्वास्थ्यकर्मीको अभावमा वैकल्पिक आइशोलेसन र स्वाब संकलन कार्य नै प्रभावित भएपछि बाध्य भएर प्रहरी लगाएर नियन्त्रणमा लिनु परेको बताउँदै बस्नेतले अब पनि काममा जान नमाने विभागीय कारबाही हुने बताउनुभयो । महानगरले पठाएको सूचीमा रहेका अरु ५ जनाको पनि प्रहरीले खोजी गरिरहेको छ।