अमेरिकी पूर्वराष्ट्रपति ओबामाको ट्रम्पमाथि आपत्ति

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको वि’रुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी द’मन गरेकोमा वि’रोध गरेका छन् । पूर्वराष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन गरिरहेका व्यक्तिहरुमाथि आ’क्रम’ण गरेको भन्दै त्यसको नि’न्दा गरेका हुन्।

यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई द’मन गरेको, टियर ग्याँस प्रयोग गरेको र प्रहरीले कु’टपि’ट पनि गरेको भन्दै त्यसको वि’रोध गरेका हुन् । उनलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरुमाथि सरकारले गरेको दमन त सबैले देखेकै छौँ र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन।

सरकारले नागरिकमाथि अनावश्यक ड’र र त्रा’स देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्र’सिद् बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताउनुभएको अमेरिकी टेलिजिभन सिएनएनले जानकारी दिएको छ । अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका ड’र र त्रा’स देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्वराष्ट्रपति ओबामाले लगाएका छन्।

केही सयमअघि एकजना काला जातिका अमेरिकी नागरिकको प्रहरीको का’रबाहीमा परी ज्या’न गएपछि सरकारका वि’रुद्धमा आन्दोलन च’र्किएको थियो। – एएनआई