कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि देशभर फेरि लकडाउन गर्न सुझाव

काठमाडौं । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लु)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

पछिल्लो समय नेपालमा भेटिएका कोरोना भाइरस (कोभिड१९) सं,क्र,मितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ। साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका सं,क्र,मितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनस् लकडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।

मन्त्रालयले लक्षणसहितका सं,क्र,मित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ। मन्त्रालयका सह(प्रवक्ता डा। समिर अधिकारीका अनुसार मन्त्रालयले गत साउन ११ गते नै पत्र पठाएर पुनस् जोरबिजोर प्रणालीमा यातायातका साधन चलाउन आग्रह गरेको बताएका छन्। ‘हामीले नाकामा कडाइ गर्न र पुन जोर बिजोर गर्न ११ गते नै पत्र पठाइ सकेका छौँ’, उनले भने।

हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुनस् कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा कोरोना सं,क्र,मण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो। उनले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भनिएको बताए। उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि कडाइ गरिसकेको छ। थप समस्या र संक्रमित दुवै बढेर सं,क्र,मण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको सं,क्र,मण अघि बढेको स्वास्थ्यको निचोड छ।

यस्तो अवस्थामा पुनस् एक पटक देशभर कडा लकडाउन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्। ‘केही दिनयता सं,क्र,मितमा जुन लक्षण देखिएको छ, यसले अब परिस्थिति खतरातिर जान सक्ने देखाएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तो बेलामा अहिलेबाटै सतर्क रहन पुनस् एक पटक कडा लकडाउन गर्नु पर्ने अवस्था छ।‘ आइसियुमा संक्रमित लकडाउनपछि भेटिएका सं,क्र,मितमा गम्भीर लक्षण देखिएसँगै उनीहरुलाई आइसियु र भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छ। केही सातअघि पहिलो पटक रौतहटका एक बिरामीको काठमाडौंमा भेन्टिलेटरमै ज्यान गएको थियो। तर लकडाउन खुलेसँगै सं,क्र,मण देखिएका बिरामीहरुलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिने अवस्था आएको हो।

केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोरङका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना सं,क्र,मित आइसियुमा छन्। त्यसपछि प्रदेश नम्बर २ मा ५ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र कर्णाली प्रदेशमा २ र२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।

पछिल्लो समय नेपालमा भेटिएका नयाँ सं,क्र,मितहरुमा कोरोनाको कडा लक्षण देखिएपछि सतर्कता बढाइएको छ। संक्रमितमा लक्षण देखिनु गम्भीर चुनौती हो भने लकडाउन खुलेसँगै संक्रमित बढ्दै जाँदा अवस्था नियन्त्रण बाहिर जान सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन्। नेपालमा दुई दिनयता सातजनाले ज्यान गुमाएका छन्। हालसम्म ५६ जना सं,क्र,मितले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सं,क्र,मितको संख्या १९ हजार ७ सय ७१ पुगेको जनाएको छ। जसमध्ये ५ हजार बढी सक्रिय सं,क्र,मितको उपचार भइरहेको छ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए “कोभिड १९ नयाँ रोग भएकाले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षणसमेत फरक देखिएको छ, मास्क लगाउनु, साबुन पानीले हात धुनु वा ७० प्रतिशत अल्कोहल भएको सेनिटाइजरले हात धुनुपर्छ”, डा जोशीले भने, “कम्तीमा एक मिटरको दूरी राख्नु र पर्याप्त हावाको आवागमन हुने स्थानमा बस्नु यसबाट बाँच्ने उपाय हो ।”

प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उहाँले रोग लागेपछि उपचार नभएकाले लाग्न नदिनुतर्फ ध्यान दिनुपर्नेमा बन्दाबन्दीपछि धेरैले सुरक्षा सतर्कता नअपनाएकाले पनि जोखिम बढेको बताए । काठमाडौँ मेडिकल कलेजमा आएका नशाका बिरामी र सुत्केरी महिलाको शल्यक्रिया गरी घर पठाएपछि उनीहरुमा कोभिड– १९ भएको पुष्टि हुँदा सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकर्मी र सहयोगीको पिसिआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव डा जोशीले सुनाए । कोरोनाको उपचारको औषधि नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधि दिनुका साथै नियमितरुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । रासस