एसइइको रिजल्ट सोमबार आउँदै, आफ्नो नतिजा थाहा पाउन यसो गर्नुहोस्

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइईको परीक्षाको नतिजा आगामी सोमबारसम्ममा प्रकाशन गर्ने भएको छ । परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ । बोर्डले सकेसम्म आगामी सोमबार र ढिलामा मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको जनाएको छ।

यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस पठाउन सकिने छ।