परराष्ट्र मन्त्रालयले भन्यो: अब भारतीय गोर्खा सैनिक समय अनुकुल छैन

काठमाडौं। भारतीय गोर्खा सैनिकको भर्ती नेपालका लागि बिरासत भएपनि हाल अएर समय अनुकुल नभएको पराष्ट्र मन्त्रालयले निष्कर्ष निकालेको छ। १९४७ मा भएको सम्झौता तत्कालीन समयमा उपयुक्त भएपनि हाल निरर्थक भएको भन्दै यसबारे समीक्षा गरिने परराष्ट्रमन्त्रालयले जनाएको छ।

तत्कालीन सम्झैताका केही प्रवधान संदिग्ध भएको निष्कर्ष निकाल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो सम्झैतामा निरर्थक भएको स्पष्ट पार्नुभएको छ । मुलत नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सीमामा भएको बिवादका कारण सो सम्झौता निरर्थक भएको परराष्ट्र मन्त्रालयको ठम्याइ छ।

समाचार एजेन्सी एएनआईलाई परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएको छ- ‘भारतीय सेनामा गोर्खालीको भर्ती अतीतको विरासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अतीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रिपक्षीय सन्धि निरर्थक भएको छ।’

भारतीय गोरखा सैनिक भर्तीबारे नेपालमा एउटा छलफलको बिषय बनेको छ । नेपाल एक स्वतन्त्र मुलुक भएका कारण कुनै देशका बि’रुद्ध नेपालीले ब’न्दुक चलाउन नहुने मान्यतामा अडिग रहनुपर्ने बताइदै आएको छ । तर भारतले चीनसँगको सीमा वि’वादका घट’नामा गोर्खा सैनिकलाइ प्रयोग गर्दै आएको छ । भर्खरै लद्दाखमा भएको चिनियाँ भारतीय सैनिकबीच भएको हिं’सापछि भारतले बिदामा बसेका गोर्खा सैनिकहरुलाई फिर्ता बोलाएको थियो।