समुदायमा सं’क्रमण फैलिएको पु’ष्टि हुन बाँकी, सबै सचेत रहन डा. पुनको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहितका शहरहरुमा कोरोनाभाइरस संक्रमण बढेको भन्दै चिन्ता जनाउन थालिएको छ । तर, समुदायमा कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि हुन भने बाँकी रहेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अन्र्तगतको क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए । समुदायमा संक्रमण देखिएको भनिए पनि यसलाई अनुसन्धानले पुष्टि गर्न बाँकी रहेको जानकारी दिएका डा पुनले हालसम्म युवा समूहमा बढी कोरोना सं’क्रमण देखिएको बताए।

घरबाहिर कामकाजका लागि युवा हिँड्ने भएकाले उनीहरु संक्रमणको जोखिममा परेको प्रस्टाएका उनले तर, अब अवस्था यही रहिरहन्छ भन्ने नरहेको जानकारी दिए । घरमै रहेका केही व्यक्तिमा देखिएकाले कोरोना सं’क्रमणले रुप परिवर्तन गर्न सक्ने उनको भनाइ छ।

हालसम्म युवा समूहमा कोरोनाको संक्रमण रहेकाले मृत्युदर निकै कम रहेको बताएका डा. पुनले अहिले कोरोना सं’क्रमितको मृ’त्युदर शून्य दशमलव २५ रहेको जानकारी दिए। तर, आममानिस सचेत नहुने हो भने यसको प्रतिशत बढ्नेको उनको चे’तावनी छ।

लकडाउन हटाएसँगै सार्वजनिक यातायात सुचारु भएका छन् भने बजार पसल, कार्यालय पनि खुलेका छन् । मानिस आफ्नो पूर्ववत अवस्थामा फर्किएका छन् । तर, सावधानी नपनाउने हो भने अहिले युवा समूहमा सं’क्रमण देखिएको जेष्ठ नागरिक र बालबालिकामा पुग्ने उनको चे’तावनी छ।

युवाबाट जेष्ठ नागरिक र बालबालिकामा कोरोना संक्रमण फैलिएमा मृ’त्युदर बढ्ने चिकित्सक पुनको भनाइ छ । सरकारले कडा गर्ने भन्दा पनि आममानिस स्वयं स’चेत रहनु पर्ने उनको सुझाव छ । यदी सर्वसाधारणले लापरवाही गरेमा जेष्ठ नागरिक र बालबालिकामा कोरोना संक्र’मण हुने र मृ’त्युदर ३ देखि ५ प्रतिशत पुग्ने उनको चे’तावनी छ ।

कोरोनाभाइरसको सं’क्रमणको अवस्था, उपचारको प्रक्रिया, नियन्त्रणको उपायलागयत समग्र विषयका क्यानडानेपालका सञ्जिव न्यौपानेले डा. शेरबहादुर पुनसँग गरेको यो भिडियो कुराकानी हेर्नुहोस…