सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुन नया रेकड कायम गरेको छ । मंगलबार तोलामा ९९ हजार ८०० मा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ।