‘भारततिर ढल्केको नेपाललाई ठीक ठाउँमा ल्याउँदै छौं’

काठमाडौ। वर्तमान सरकार वा नेपाल चीनतिर ढल्क्यो भन्ने टिप्पणी पनि आग्रहपूर्ण छ। हामीले पटकपटक भनिरहेका छौं– हामी सन्तुलित, राष्ट्रिय हितमा आधारित सम्बन्ध निर्माण गर्छौं। दुवै छिमेकीसँग सहकार्य र साझेदारीका साथ अगाडि बढ्न चाहन्छौं। हाम्रा निम्ति दुईटै छिमेकीको साथसहयोग अपरिहार्य छ। हामी एउटाको मूल्यमा अर्कोतर्फको सम्बन्धलाई बढावा दिन वा उपेक्षा गर्न सक्तैनौं। उहाँहरुबीच विवाद छ। हामीलाई थाहा छ। २१औं शताब्दी एसियाली शताब्दी हो भन्ने गरिएको छ। यो परिवेशमा चीन र भारतबीच जति राम्रो समझदारी, सहकार्य हुन्छ त्यसले यो क्षेत्रको स्थिरता र समृद्धिका लागि त्यति नै बढी योगदान गर्छ। त्यतिमात्र नभई विश्वशान्तिका लागि नै यो उपलब्धी हुनेछ। त्यसैले उहाँहरुबीच दूरी घट्दै जाओस्, सहकार्य बढ्दै जाओस्। हामी यही चाहन्छौं। भारत र चीनबीच विवाद हुन्छ भने हामी कसैको पक्षमा लाग्दैनौं। हामी मेरिट र मुद्दाका आधारमा सम्बन्धलाई अगाडि बढाउँछौं।

अहिले नेपालले चीनसँग बढाएको जस्तै समझदारी वास्तवमा इतिहासमा पहिलेदेखि नै भइरहनुपथ्र्यो। पहिले नेपाल एकातर्फ ढल्क्यो। त्यही एकातर्फको ढल्काइलाई हामीले ठिक ठाउँमा ल्याउन खोजेका हौं। त्यसकारण नेपाल कतैतिर ढल्केको होइन, आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर दुवै देशसँग हामी घनिष्ठ सहकार्यका साथ अगाडि बढ्न खोजेका हौं। हामीले एकपक्षीय निर्भरता र परनिर्भरतालाई अन्त्य गर्न खोजेकै हौं। हामी पारवहन सुविधालाई ‘डाइभर्सिफाइ’ गर्न चाहन्छौं। त्यसैले चीनसँग पारवहन तथा यातायात सहमतिमा हस्ताक्षर गर्‍यौं। पछि त्यसको प्रोटोकल विकास गर्‍यौं। हामी भारतसँग मात्र होइन, चीनसँग पनि मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कसँग जोडिन चाहन्छौं ताकि हामीसँग धेरै विकल्पहरु होऊन्।

बाँकी यस भिडियोमा हेर्नुहोस:

पुरा पढ्नुहोस