पुष्पा अधिकारीकोमा जब भाग्य न्यौपाने पुगे… यसरि भयो झु’ठको प’र्दाफास (भिडियो)

काठमाडौं। गत साउन १२ गतेकाठमाडौँको कपन स्थित एक झाडीमा फालिएको अवस्थामा फेला परेको भनिएकी शिशु बालगृह र शिशु कै आमाको मिलेमतोमा रचिएको प्रप’न्च रहेको खुल्नमा आएको छ । ति नि’र्दयी आमा र केयर बालगृहका संस्थापक पुष्पा अधिकारीको मिलेमतोमा पैसा कमाउनकै लागि रचिएको कथा रहेको पुष्टि भएको छ।

ति शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट भएपछि शिशुलाई फालेर सहयोग बटुल्ने योजना बनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बालगृहकी पुष्पाले शिशु फेला परेपछि सुरुमा प्रहरीलाई खबर गर्नु पर्नेमा त्यसो नगरेपछि घटना शंकास्पद बनेको थियो । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । यसै बीच शिशुको लागि भनेर गरिएको सहयोग रकम फिर्ता लिन सहयोगीहरु पुष्पाकोमा पुग्न थालेका छन।

भिडियो हेर्नुहोस :