पाकिस्तानले जारी गर्‍याे नयाँ नक्सा, जम्मू-कश्मीर-लद्दाख पनि समावेश

एजेन्सी। पाकिस्तानी मन्त्रिपरिषद्ले पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति दिएको छ। उक्त नक्सामा जम्मू कश्मीर-लद्दाख-जूनागढलाई पनि पाकिस्तानमा देखाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार उक्त जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को उक्त निर्णयमा पाकिस्तानका कयौं विपक्षी दल र कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको छ।

इमरानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्सा पाकिस्तान जनताको उमङ्‍गको प्रतिनिधित्व गर्छ। पाकिस्तान र कश्मीरी जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ।’ उनले अगाडि भनेका छन्, ‘भारतले गत वर्ष ५ अगस्तमा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, यो राजनीतिक नक्सा उसको अस्वीकार गर्छ।’

इमरानले अब पाकिस्तानका स्कूल, कलेज र सबै क्षेत्रमा पाकिस्तानको यही आधिकारिक नक्सा हुने बताएका छन्, जुन नक्सा जारी गर्न मंगलबार नै स्वीकृति दिइएको छ।

भारतले पाकिस्तानको नयाँ राजनीतिक नक्सालाई अस्वीकार गरेको छ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेर उक्त नक्साको कुनै कानुनी वैधता नरहेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता कायम नहुने बताएको छ।