लेबनानमा वि’स्फोटनका कारण अझै ६० जना सम्पर्क बिहिन

रासस/एएफपी । लेबनानको राजधानी बेरुतमा भएको वि’स्फोटनका कारण बे’पत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन्। दुर्घ’टना भएको चार दिन वितिसक्दा समेत बे’पत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन्।

श’क्तिशाली वि’स्फोटनका कारण अहिलेसम्म १५० भन्दा बढीको मृ’त्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । “अहिलेसम्म मृ’त्यु भएकाहरुको संख्या १५४ पुगेको छ । ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन,” एक अधिकारीले एएफपीलाई भने।

उनले अहिलेसम्म पनि ६० जना बे’पत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घा’इते भएका र ती मध्ये १२० जनाको अवस्था ग’म्भीर रहेको बताए।

वि’स्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्र’सित अवस्थामा रहेका छन्। श’क्तिशाली वि’स्फोटनका कारण उनीहरु घरबार विहिन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन्।