पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य तोकियो

काठमाडौं। उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ।

एक कार्यक्रमका बीच विभागले पिउने पानीकाे मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ । यस्तै एक लिटर बाेत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ।

उपभोक्ता, व्यवसायी र उपभोक्ता अधिकारकर्मीसँगको छलफल र अध्ययनपछि नयाँ मूल्य तोकिएको विभागले जनाएको छ।