२२ वर्षपछि छिमेकीको ह’त्या गरी फरार भएका व्यक्ति प’क्राउ

काठमाडौं ।तिहारको दिन भएको विवादमा मादक पदार्थ सेवन गरी बन्चरोले हानेर ह’त्या गरी जंगललमा फाल्ने ईन्द्रे कामी २२ वर्षपछिपक्राउ परेका हुन् । २०५५ साल कात्तिक ५ गते दिउँसो २ बजे सल्यानको तत्कालीन निगालचुला गाबिस-२ का मनबहादुर कामीको हत्या गरी फरार भएका ईन्द्रे कामी आइतबार पक्राउ परेका हुन् ।
मनबहादुर कामीको ह’त्या गरी फरार भएका ईन्द्रे कामी सुर्खेतको गुर्भाकोट नगरपालिका-१ बाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

हत्यापछि फरार भएका कामी सुर्खेतमै घर बनाएर लुकिछिपी बसेकी सूचनाका आधारमा सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जोशील बताए ।तिहारको दिन भएको विवादमा ईन्द्रेले मादक पदार्थ सेवन गरी बन्चरोले हानेर मनबहादुरको ह’त्या गरी जंगललमा फालेका थिए ।
यसअघि सल्यान जिल्ला अदालतको कामीलाई २० वर्ष कैद फैसला सुनाएको थियो । सोही सजाय भुक्तानीका लागि उनलाई सोमबार अदालतले कारागार चलान गरिसकेको छ ।