
नुवाकोट। नुवाकोटको तार्केश्वर गाँउपालिकी उपाध्यक्ष तारादेवी रिमालले कार्यकक्षमै प्रशासकीय अधिकृतको कपडा खोल्दिएपछि गाँउपालिकाको कामकाज ठप्प हुने भएको छ ।
आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै रिमालले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालको शर्ट कार्यकक्षमै खोलिदिएको आरोप छ ।
अध्यक्षसँग नजिकिएर आफ्नो बेवास्ता गरेको भन्दै रिमालले प्रमुख प्रशासकीय अधिकृतको कक्षमै गएर हातपात गरेको पीडितको आरोप छ।
चार वटा योजनामा ६ लाख रुपैयाँ दिन उपाध्यक्षले दिएको आदेश प्रशासकीय अधिकृतले अध्यक्षको तोकआदेशबिना गर्न नमिल्ने भन्दै अस्विकार गरेका थिए ।
गाँउपालिकाकै उपाध्यक्षबाट र्निवस्त्र हुनेगरि हातपात भएको बिरोधमा कार्यलयका कामकाज रोकेर दाहाल न्याय खोज्ने जाने तयारीमा छन । जसका कारण आजदेखी गाँउपालिकाका सबैकाम ठप्प हुनेछन ।
तर प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले लगाएको आरोपको उपाध्यक्ष रिमालले भने खण्डन गरेकी छन । रिमालले भनिन् म माथी महिला भनेर हेप्ने काम भयो । आफु जनताको गर्न मिल्ने कामलाई अल्झाएर नराख्न सुझाव दिन कार्यकक्षमा पुग्दा प्रशासकीय अधिकृत आफै कराउदैं दौडिएको अरोप रिमालको छ ।
उनले भनिन् मैले हातपात गर्ने त के उनलाई रुखो भाषामा समेत बोलेकी होईन । उहाँले म माथी निराधार आरोप लगाउनुभयो ।
उता कर्मचारीले आक्रमणको बिरोधमा भन्दै कामकाज ठप्प पार्ने विषयमा गाँउपालिकाका अध्यक्षले भने अनविज्ञता प्रकट गरे ।
तारकेश्वर गाँउपालिकाका अध्यक्ष रमेश वहादुर वस्तीले भने कार्यलयमा आफु नभएको बेला उपाध्यक्ष र प्रशासकीय अधिकृतकाबिचमा विवाद भएको जानकारी पाएकाले आफु त्यसतर्फ जाँर्दै गरेको वस्तीले सुनाए ।
उनले भने मैले पाएको जानकारी अनुसार पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नगरि उपाध्यक्षले गरेको व्यवाहार गलत छ , उहाँलाई कारबाही हुनुपर्छ ।