सुनमा भारी गिरावट: एकै दिन ६,२०० ले घट्यो सुन, चाँदीमा २२५ रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुन आज अहिलेसम्मकै धेरै मूल्यले घटेको छ । सुन आज ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि २२५ रुपैयाँले घटेर १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारदेखि भने घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन ८ सयले घट्दै १ लाख १ हजार ६ सयमा कारोबार भएको थियो।

गत शुक्रबार (साउन २३ ) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो।

अघिल्लो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो । विहिबार ११ सयले बढेको सुन शुक्रबार १ हजारले बढेर १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो।

मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ।