जिल्लाभित्र सञ्चालित सार्वजनिक यातायात बन्द

रसुवा। कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा ब’न्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आ’वागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अ’पुग भएको गु’नासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा ब’न्द गरिएको जिल्ला कोभिड स’ङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा ब’न्द गरिएको र जो’खिमको अवस्था, बस चालकले अपनाएका स्वास्थ्य मा’पदण्ड पूरा भए÷नभएको केही समयपछाडि विश्लेषणका आधारमा खोल्न सकिने बताए।

यस्तै कोरोनाको स’ङ्क्रमण बढ्दै गएकाले कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्यको मा’पदण्ड अपनाई तो’किएका कर्मचारीको मोबाइलमा समन्वय गरी सेवा लिनुपर्ने बताइएको छ ।अर्को आदेश नभएसम्म मठमन्दिर, गुम्बा, जात्रा बसै ब’न्द गर्ने, स्वास्थ्यको मापदण्ड सबैले पूर्णरूपमा पालना गर्ने÷गराउने, दी’र्घरोगी, बालबालिका, ज्येष्ठ नागरिक, ग’र्भवतीलाई घरबाट बाहिर ननिकाल्ने, रसुवा प्रवेश गर्ने बेत्रावती सिमानामा आवतजावतको रोकथाममा क’डाइ गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। रासस