डाक्टर, नर्स सहित एकै अस्पतालका १६ जनामा कोरोना पुष्टि

काठमाडौं । कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स तथा प्रयोगशालाकर्मीसहित १६ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । एकै पटक धेरै जनशक्तिलाई कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुनेदेखिएको छ।

डाक्टर दुई, नर्स २ सहित ७ जना स्वास्थ्यकर्मी र ९ जना अस्पतालमा कार्यरत कर्मचारी रहेको कपिलवस्तुका कोभिड फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो।

१३ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उहाँले बताउनुभयो । यसअघि अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको थियो।