जागिरको खोजीमा भौंतारिएकी चंद्राणी बनिन् भारतकी सबैभन्दा कान्छी सांसद

काठमाडौं। भारतमा सम्पन्न लोकसभा चुनावमा अहिलेसम्मकै सबैभन्दा कान्छी सांसदको रुपमा चंद्राणी मुर्मूले जितेकी छन्।

२०१९ सबैभन्दा बढी महिला सांसद चुनिएको र सबैभन्दा कान्छी सांसदको रुपमा २५ वर्षीय चंद्राणीले जित दर्ता गर्न सफल भएकी हुन्।

उडिसाको केझार लोकसभा सीटमा जनता दलबाट चुनाव लडेकी उनको राजनीतिमा खासै अनुभव नभएको र आदिवासीको महिला रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

२०१७ मा भुवनेश्वरबाट इन्जिनियरिङ्ग पढेकी उनी नोकरीको खोजीमा रहेको समयमा पार्टीले टिकट दिने निर्णय गरेको र उनले पनि स्वीकर गरेपछि उमेद्वार बनेकी थिईन् ।

यसैबीच भारतीय लोकसभामा सबैभन्दा बढी उमेरमा ७४ वर्षीय प्रिनीत कौर रहेकी छन् । पन्जावबाट चुनाव जितेकी उनी निर्वतमान मुख्यमंत्री अमिरंदर सिंह की पत्नी हुन् ।
कंग्रेसबाट चुनाव जितेकी उनी २००९ देखि २०१४ सम्म मनमोहन सरकारमा विदेश राज्यमन्त्रीको पद समेत सम्हालेकी थिइन् ।