सामाजिक दूरी कायम गर्न यस्तो गर्नुहोस फोटोसहित

कोरोना संक्रमणको जोखिम कम गर्न विश्व स्वास्थ्य संंगठन लगायतका निकायले सामाजिक दूरी कायम गर्न भनिरहेका छन्। यस्तो किन जरुरी छ त?

सामाजिक दूरी अर्थात् एकअर्कासँग टाढै रहनुपर्छ जसले गर्दा संंक्रमणको जोेखिम कम हुन्छ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा उसका थुक र सिंगानका निकै मसिना कण हावामा फैलिन्छन्। ती कणमा कोेरोना भाइरस (कोेभिड– १९) का विषाणु हुन्छन्।

संंक्रमित व्यक्तिको नजिक जाँदा यी विषाणुयुक्त कण तपाईंको शरीरमा प्रवेश गर्न सक्छन्। तपाईंले यी कणहरु खसेको सतहमा छुनुभयो र त्यही हात आफ्नो आँखा, नाक र मुखसम्म पुर्‍याउनुभयो भने पनि रोगका विषाणु तपाईंको शरीरभित्र पुग्छन्।

सामाजिक दूरी कायम गर्न यस्तो गर्नुहोस फोटोहरु
1

2

3

4

5

6

7