कलंकी डुब्यो, घरको एक तल्ला सम्म डुबेपछी स्थानीयको बिजोग (फोटो फिचर)

काठमाडौं। तीनदिनदेखिको अविरल वर्षाका कारण कलंकीको विभिन्न स्थान डुबानमा परेको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् ।

बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ ।

वर्षाका कारण डुबानमा परेका कलंकीका विभिन्न स्थान ।

तस्बिर: विकास कार्की र ध्रुव सिंह । अन्नपूर्ण पोस्ट