यी हुन् उदारणीय ठेकेदार जसले थोरैमा काम सकिएपछि राज्यकोषमा फिर्ता गरे ४० लाख

रामेछाप । प्राय ठेकेदारको एउटै धेय हुन्छ, कसरी धेरै नाफा कमाउने । त्यही अनुरुप उनीहरुले ठेक्कापट्टामा चलखेल गर्न थाल्छन् । समयमा काम नगर्ने ठेकेदारको अर्को समस्या हो । यतिबेला त्यस्तो प्रवृतिलाईलाई नियन्त्रण गर्न राज्यले कडा कानूनको व्यवस्था गर्दैछ । तरपनि ठेकेदाहरु ढिलासुस्ति, लापरवाही आदी गर्दै आएका छन् । कतिपय ठेकेदारलाई राज्यले कालोसूचीमा समेत राख्दै आएको छ ।यहि भिडमा एउटा नमुना ठेकेदार देखा परेका छन् । उनी एउटा नमुनामात्र नभएर सबै ठेके दारका प्रेरणाको स्रोत पनि बनेका छन् । उनी हुन्, सुनकोसीर खानीर थोदुङ जेभी कम्पनीका सञ्चालक रामबाबु घिमिरे ।

उनले एकातिर काम समयमै सकाएका छन्, भने अर्कोतिर फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् । रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण गरेर फाईदा भएको रकम पनि राज्य कोषमा फिर्ता गरेका हुन् ।घिमिरेको निर्माण कम्पनीले सदरमुकाम मन्थलीमा सात वटा सरकारी भवन सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको हो । भुकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने क्रममा ठेकेदार घिमिरेले सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेका हुन् ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँको सम्झौता भएकोमा १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तिस रुपैयाँमै निर्धारित गुणस्तरको भवन निर्माण सम्पन्न गरेको उनको भनाई छ । उनले बाँकी रहेको ३९ लाख ८५ हजार आठ सय तेह्र रुपैयाँ राज्यकोषमै फिर्ता गरिदिएका हुन् ।तिन वटा सरकारी कार्यालयहरु खानेपानी डिभिजन कार्यालयको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय बयासी रुपैयाँ, शहरी विकास फिल्ड कार्यालयको लागि ५ करोड ७६ लाख ७२ हजार एक साय चार रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवासको लागि २ करोड २४ लाख ३७ हजार चवालिस रुपैयाँ रकम खर्चेका छन् ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएको ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता गरेको घिमिरेले बताए । घिमिरेको उदाहरणीय कामबाट राज्यको ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।