रहेनन् अजय देवगनका पिता वीरु देवगन

एजेन्सी। बलिउड अभिनेता अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ । उनले केही घण्टाअघि अन्तिम श्वास लिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको हृदयघातको कारण निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए।

उनको मुम्बईस्थित सांताक्रूज अस्पतालमा उपचार भइरहेको थियो ।

अजय देवगनले पिताको स्वास्थ्य स्थिति खराब भएपछि फिल्म ‘दे दे प्यार दे’को प्रमोशनल इभेन्ट क्यान्सिल गरेका थिए ।