संसदमा विप्लवका जनसेनाबारे गृहमन्त्रीको ब्रिफिंग, कति छन् सेना ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र गतिविध सञ्चालन गर्दै आएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले जनसेना र जनसरकार गठन गरेकाे सरकारलाई जानकारी रहेकाे बताउनुभएकाे छ ।

उहाँले साेमबार प्रतिनिधिसभा विशेष महत्वकाे विषयमा बाेल्दै गृहमन्त्री थापाले विप्लव नेतृत्वकाे नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा ४ वटा कम्पनी गठन गरेर आवान्छित गतिविधि गरिरहेको आफूहरुलाई जानकारी रहेकाे बताउनु भएकाे हाे । उहाँले अब वार्तामार्फत नै साे समूहलाई नियन्त्रण गरेर मूलधारमा ल्याउँदै समस्या समाधान गरिने जनाउनुभयाे । यसका लागि पहल भइरहेको समेत उहाँकाे दाबी थियाे ।

उहाँले आइतबार काठमाडाैँमा भएका बम विस्फाेटनमा नागरिककाे मृत्यु नभएकाे समेत बताउनुभयाे । घटनामा चारजनाको मृत्यु भएकाे जानकारी आफूसँग रहेकाे भन्दै ती सबै विप्लव समूहसँगै सम्बद्ध कार्यकर्ता रहेकाे बताउनुभयाे ।