
काठमाडौँ उपत्यका वा सहरी इलाकामा च्युँडोमुनि मास्क लगाउने र लगाउँदै नलगाउनेको संख्या ठूलो देखिएको छ।
घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्याउने जनस्वास्थ्यविद्हरूको मत छ।
यसरि च्युँडोमुनि मास्क लगाउने र लगाउँदै नलगाउनु भनेको कोरोना लाइ खुल्ला निमन्त्रणा दिए जस्तै हो।
त्यसैले मास्क को उचित प्रयोग गरौ।
कोरोना हुन बाट बचौ।
सर्जिकल मास्क एकदिन मात्र लगाउन व्यावहारिक हुने र एन-९५ लगायतका गुणस्तरीय मास्क सम्भावित सङ्क्रमित र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आउँदा स्वास्थ्यकर्मीहरूद्वारा लगाइने सुरक्षा पोसाक (पीपीई) कै एउटा हिस्सा भएको बताइन्छ।
मास्क लगाएर मात्र हुँदैन त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्ने बताइन्छ।
“प्याकेटबाट मास्क निकालेपछि मास्कको भित्रपट्टि नछोएरै दुईवटा डोरीको सहायताले लगाउनुपर्छ। लगाइएका बेला बारम्बार घाँटीमा झुन्ड्याउने र पटकपटक फुकाल्ने गर्नुहुँदैन। पसिना आएको वा मोबाइल खेलाएको हातले मास्क छुनुहुँदैन।”