सुनसान काठमाडौँका मनमोहक तस्बिरहरु

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ।

लामो लकडाउन सीमित मात्रामा खुलेपछि चहलपहल बढेको थियो। तर निषेधाज्ञापछि पुनः सुनसान भएको छ।

सम्पदा क्षेत्रहरु अहिले सुनसान छन्। काठमाडौँ, भक्तपुर, पाटन, बौद्ध, कीर्तिपुरसहितका सम्पदा क्षेत्रमा अचेल मानिस देखिँदैनन्।

सम्पदाहरूमा सरकारले प्रहरी प्रशासन खटाएको छ भने मानिसहरूको चहलपहल निक्कै पातलिएको छ। मानिसहरूलाइ जथाभावी हिँड्न दिइएको छैन।