
काठमाडौं । मानिसहरु चर्चामा आउनलाई अनेक किसिमका क्रियाकलापहरु गर्दछन् । त्यसै क्रममा वर्षौंदेखि टेड प्यारोटम्यान भनेर चिन्ने एक व्यक्ति पनि प्लाष्टिक सर्जरी गरेर सुगाँहरुजस्तो देखिन बनाएका छन् र आफ्नो नाम समेत परिर्वतन गरी मिस्टर प्यारोटम्यानमा राखेका छन । उनले कान काटेर, आँखाको रङ परिवर्तन गरेर, र खोपडीभित्र सिङ राखी नाम परिवर्तन गरेका हुन् ।
उनले बताउँछन, आफ्ना परिवार देखि टाढिएका पनि धेरै भइसक्यो । साथै, आफन्त, दाजुभाइसँग कुराकानी नभएको पनि धेरै भइसक्यो । अहिलेको अवस्थामा मेरो परिवारसँग केही लगाव र भुकाव छैन । त्यसकारण आफ्नो थरको त्यति औचित्य मानेनन् । ‘मेरो लागि मेरो वास्तविक परिवार सुगाँहरु नै हुन त्यसकारण मैले उनीहरुलाई नै सम्बोधन गरी थर परिवर्तन गरें ।’


