
एजेन्सी। पछिल्लो समय नेपालमा मात्रै नभई भारतमा पनि बलात्कार एक प्रमुख समस्या भएको छ । यो बिचमा भारतको उत्तर प्रदेश (यूपी) मा ३० वर्षीय महिला बलात्कार प्रयासको आरोपमा पक्राउ परेकी छिन् ।
पक्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा लगाइएको बुझिएको छ ।
पिडित बालकको आमाले समयमा नै उद्धार नगरेको भए महिलाले बालकलाई बलात्कार गरिसकेको हुने थिइन् । पिडित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ । घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन् ।
खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो । आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बलात्कार प्रयासको घटना बाहिरिएको थियो ।
पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन् । तर नमानेपछि बाँधेर बलात्कारकोप्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो ।
उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन् । पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।