
काठमाडौं । अहिले नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । यसले केहीलाई फाइदा पुर्याएको भए पनि धेरैलाई नोक्सान हुने गरेको खुल्न आएको छ ।
सामाजिक सञ्जाललको गलत्त प्रयोग हाम्रा लागि लाभदायक हुँदैन । पछिल्ला दिनहरुमा नेपालमा हत्या हिंसा बलात्कार अपहरण जस्ता घटनाहरु बढ्दै गएका छन् ।
यसले सर्वसाधारणमा एक प्रकारको डर पैदा गरेको छ । बिहान स्कुल पढ्न पठाएको छोराछोरी बेलुका घर फर्कन्छ भन्ने अवस्था देखिएको छैन । पछिल्ला दिनहरुमा लगातार छोराछोरीहरु हराउन थालेपछि अभिभावकहरु एकदमै चिन्तित भएका छन् ।
यसले के कुरा पुष्टि गर्दछ भने नेपाली समाज अहिले एकदमै असुरक्षित भइरहेको छ । विद्यालय लगायत सार्वजनिक संस्थानहरु वा निजी क्षेत्रमा यस्तो डरलाग्दो अवस्था देखिएको छ । यो बीचमा अहिले काठमाडौ घर भएकी एक जना छात्रा हराएको खबर आएको छ ।
यही मिति २०७६ साल जेठ १० गते शुक्रबारका दिन देखि जानुका बस्नेत नाम गरेकी युवती हराएकी छिन । उनी अहिले २१ वर्षकी भएको र अविवाहित भएको परिवारको बताएको छ ।
उनी चाबहिल गौरीघाट बाट हराइरहेको हुँदा फेला पार्नु हुने महानुभावहरुलाई सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ । सम्पर्क नं जानकारी गराउँदै छौं ९८४२९४२६७६, अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्नुभए पनि हुन्छ ।
