आगामी वर्ष हजार मेगावाट बिजुली थपिने

काठमाडौं। आगामी आर्थिक वर्ष २०७६÷७७ मा एक हजार सात मेगावाट बिजुली थप हुने भएको छ। विभिन्न २४ वटा सरकारी तथा निजी जलविद्युत्का आयोजना निर्माणाधीन रहेकाले आगामी आवमा यसबाट उक्त क्षमतामा बिजुली आउने उल्लेख छ। यी आयोजना निर्माणाधीन रहेको र एक वर्षभित्रै सकिने गरी तयारी गर्दै गरेको सोमबार सार्वजनिक आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

आर्थिक सर्वेक्षणका अनुसार आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, १ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको लोअर सोलु, ५७ मेगावटको सान्जेन, ३६ मेगावाटको अफर बलेफी ए, नुवाकोटमा २५ मेगावाटको सौर्य ऊर्जासहितका आयोजना सम्पन्न भएर एक हजार ७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थप हुने उल्लेख छ।