किन लगाए कुलमान घिसिङ मुर्दावादको नारा (भिडियो)

काठमाडौं, मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भयो ।

उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । यस्तै माइतीघर मण्डलामा भएको प्रदर्शनमा भने केहि प्रदर्शनकारी र प्रहरी बीच झडप भएको थियो ।

प्रहरीले प्रदर्शन गर्न निषेध गर्दागर्दै पनि प्रदर्शन जारी भएपछी प्रहरीले लाठी चार्ज गरेको हो । हेमराज थापा, पुण्य गौतम लगायत केहि प्रदर्शनकारी घाईते भएका छन ।

सरकार बिरुद्ध नाराबाजी गर्दैगर्दा हेमराजको जिब्रो चिप्लियो भन्न अर्कै खोजेका थिए तर भने कुलमान घिसिङ मुर्दावाद !’ प्रहरीले लखेटीरहेको थियो प्रदर्शन आमन्यसामन्य थियो हतारमा उनले के बोले मेसो पाएनन । त्यहिँ बोलि क्यामेरामा कैद भयो र अहिले सामाजिक सञ्जाल युट्युब, फेसबुक इनस्टा र टिकटकभरी भाईरल नै बनेको छ ।

जिब्रो चिप्लिएर धेरै नेपाली कलाकारले आलोचना खेपेका छन । तर सामाजिक अभियन्ताहरु पनि यसमा मोसिएपछि यो विषय बेशी भाइरल भएको होला । बाँकी उक्त भिडियोको सानो क्लिप यहाँ सुन्नुहोस;

https://www.instagram.com/p/CFM6JYbBjCA/?igshid=zo6px7zmotzi