बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा झलमल(भिडियो)

काठमाण्डौ, मानव निर्मित विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चिनिएको चर्चित यूएईको दुबई शहरमा अवस्थित बुर्ज खलिफामा शनिबार संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ।

बुर्ज खलिफामा नेपाली समयअनुसरा रातीको १० बजे लाइटिंगको माध्यमबाट नेपाली झण्डा फहराइएको हो ।

युएई स्थित नेपाली दुतावास अनुसार त्यहाँको स्थानिय समय साँझको ८ बजे भनिए पनि केहि प्राबिधिक गडबडिका कारण केहि ढिलो गरेर झण्डा देखाइएको थियो ।

झण्डा हेर्न दुबईमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति थियो । बाँकी भिडियोमा हेर्नुस: