एकै परिवारका चारजना झु’न्डिएर आ’त्मह’त्या

शनिबार परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोका ढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि उनीहरु झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झु’न्डिएको अवस्थामा थियो । यसपछि उनीहरुले प्रहरीलाई सूचना दिए।

४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झु’न्डिएको अवस्थामा फेला परेका छन् । घ’टना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो परिवारसँगै बस्दै आएका थिए ।

घ’टनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याज माफियाले उनीहरुलाई प्रा’डित गरिदिएका थिए । त्यसैकारण परिवारले झु’न्डिएर आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीले यस विषयमा छिमेकीहरुसँग पनि बयान लिएको छ भने केही व्यक्तिहरुलाई छानविनका लागि हि’रासतमै राखेको छ । चारै मृ’तकको शवलाई पो’स्टमार्टका लागि जेएनयु अस्पतालमा राखिएको छ । पहिले उनीहरुको कोरोना जाँच र त्यसपछि पो’स्टमार्टम गरिने अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन्।

प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृ’तक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्र’ताडित गरेका थिए । अन्तत बाध्य भएर आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले यो परिवारको शव पो’स्टमार्टमका लागि अस्पतालमा राखिएको छ । फरेन्सिक टिमले पनि चेकजाँच गर्दैछ।

प्रहरीका अनुसार तीन बाबुछोरा एउटै कोठामा झु’न्डिएका थिए भने श्रीमती अर्कै कोठामा झु’न्डिएकी थिइन् । श्रीमतीको आँखामा पट्टी थियो । दुबै छोराको खुट्टा बाँधिएको थियो । छिमेकीहरुका अनुसार राति केही मानिस घर आएका थिए । लेनदेनका विषयमा उनीहरुसँग केही वि’वाद चलेको सुनिएको थियो । तर त्यसपछिका घटनाक्रम कसैलाई थाहा भएन।