
काठमाडौ। ०७२ काे भूकम्पपछि चारवर्षसम्म बन्द भएकाे ताताेपानी नाका मंगलबारबाट संञ्चालनमा आएकाे छ । आज बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि नाका खुलेकाे हाे ।
सोमबार दश जना लोडर र कन्टेनरलाई नाकाकाे पास दिइए पनि चीन पक्षबाट सहमतिको खबर आएपछि नाका सञ्चालन गरिएकाे भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।
नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडक हुँदै खाली कन्टेनर गएका हुन् । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्याइनेछ ।