कुलमानले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरु एकपाखे हुन्-सूर्य थापा (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले कुलमान घिसिङलाई वा वा वा भन्नेहरु एकपाखे’हरु हुन भनेका छन ।

थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई पाखेको संज्ञा दिएका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन्।

पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भन्नेहरु एकपाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’ थापाले अघि भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो।’

थप भिडियोमा हेर्नुस्