वाइडबडी काण्डका ‘ठूला माछा’ले लिए बिदा

काठमाडौं। वाइड बडी प्रकरणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारको सोमबारबाट ४ वर्षे कार्यकाल सकिएको छ ।

जाँदा जाँदै उनले आफू विभिन्न अवरोधका बावजुद पनि निगमको संस्थागत सुधारमा लागि परेको बताए ।

करीब २८ वर्ष विमान खरिद नगरेको निगमले विमान खरिदको लागि अनेक कष्ट, आलोचना, जेल र कालोमोसोको प्रवहा नगरी विमान खरिद गर्न सफल भएको कंसकारले बताए ।

नेपाल टेलिकममा ३४ वर्षे सेवा पूरा गरी निगममा कंसकारले पहिलो पटक २०६५ कात्तिक २२ मा महाप्रवन्धकको पदमा नियुक्त भएका थिए ।

कंसकारकै पालामा संचालक समिति र निगम कर्मचारीहरूको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५मा टेण्डर आह्वान गरेका थिए ।

विभिन्न उल्झन र अवरोधका वावजुत दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन पुगेको कंसरकारद्वार जारी गरिएको विदाई सम्वोधन विज्ञप्तिमा भनिएको छ ।