त्रिपुरासुन्दरी मन्दिरमा चोरी

दोलखा, जिल्लाको त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको स्थानीयहरुले आंशका गरेका छन् ।

भिमेश्वर नगरपालिका वडा नम्बर- २ मा रहेका २ वटा त्रिपुरासुन्दरी मन्दिरमा बन्चरो हानेर ढोका तोडेको अवस्थामा भेटिएका हुन् ।

गएराति बन्द रहेको ढोका आज बिहान खुला नै देखेपछि स्थानीयले मन्दिरमा चोरी भएको शंका गरेका छन् । साथै, मन्दिर चोरी भएको भन्दै स्थानीय प्रहरीलाई समेत खबर गरेका छन् ।

अहिले चरिकोटबाट प्रहरीको टोली अनुसन्धानको लागि गइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मन्दिरबाट के-के चोरी भयो थप विवरण आउँन बाँकी रहेको भिमेश्वर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो ।