भारतले दियो चीनलाई चेतावनीः ‘यदि पिएलएका सैनिक अघि सरे भारतले गोली चलाउनेछ’

चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गो’ली चलाउने सक्ने भन्दै चेतावनी दिएको छ ।

द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले सो कुरा भनेका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनुहुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गो’ली चलाउने अधिकार दिइएको छ ।’

पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिती स्थापित गर्ने बताएको छ ।

उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नुपर्छ ।’ भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झ’डप भएको थियो जसमा २० भारतीय सैनिकको मृ’त्यु भएको थियो । चीनले आफ्नो हताहट भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मा’रिएको पनि दाबी गरिएको थियो ।